माओबादीसङ्ग वार्ता भैरहेको एमाले उपमहासचिवको खुलासा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । नेकपा एमालेका प्रचार बिभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्गले माओबादी केन्द्रका दोश्रो तहका नेताहरुसङ्ग निरन्तर छलफल भैरहेको बताएका छन् । आगामी चुनावमा माओवादी सङ्ग चुनावी तालमेल असंभव नरहेको उनी बताउछन् ।

 

संचारकर्मीसङ्ग कुरागर्दै उपमहासचिव गुरुङ्गले भने – ” राजनीतिमा असम्भव भन्ने कुरा केही छैन। आजको दिनसम्म हेर्दा सम्भावना प्रकट भएको छैन। तर, सिद्धान्त निष्ठ गठबन्धनको लागि हाम्रो पार्टीको ढोका खुला नै छ। हामीले अवसरवादी र लोभलालचको गठबन्धन नगरौँ भन्ने मात्रै हो। यो राष्ट्रिय स्वाधिनताको सुरक्षा गर्नुपर्‍यो यो गठबन्धन भएन भनेर आउँछ भनेर हामी तयार नै छौँ। हामीले सुशासन र भ्रष्टाचार नियन्त्रणको लागि एमाले नेतृत्व चाहिन्छ भन्नेलाई स्वागत गछौँ। ”

गुरुङले अगाडि थपे – “हामीसँग दोस्रो तहको नेताहरू त निरन्तर छलफलमा हुनुहुन्छ। तर, हामीसँग गठबन्धन होला कि भनेर प्रचण्डले कांग्रेससँग नै जोड दिइरहेको कारणले वातावरण बनिसकेको छैन। अहिले हामीसँग सम्मान रूपमा पछिल्लो समय वार्ता भएको छैन। तर, निरन्तर छलफलमा छौँ। “

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long