बजारमा ५० को डिल हुदा उच्चको २७ न्यायाधीशका लागि २७९ को आवेदन , को को छन् सूचीमा ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । न्यायाधीश नियुक्तिमा मोलमोलाइ भएको खबरहरु सार्वजनिक भैरहेका बेला न्याय सेवा परिषद्ले नयाँ मापदण्ड अनुसार पहिलो पटक उच्च अदालतका न्यायाधीश नियुक्त गर्न आवेदन आह्वान गरेकोमा २७९ जनाले आवेदन दिएका छन् । परिषद्ले यही साउन ११ गतेदेखि एक साताको म्याद दिएर आह्वान गरेको थियो। परिषद्ले प्राप्त आवेदनका आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो।

यसरी आवेदन दिनेमा कानुन व्यवसायी सबैभन्दा धेरै छन्।त्यस्तै जिल्ला न्यायाधीश, न्याय समूहका कर्मचारी, सरकारी वकिल, कानुन समूहका कर्मचारीले पनि उच्च अदालतको न्यायाधीशका लागि आवेदन दिएका छन्।

परिषद्ले प्राप्त आवेदन उपर छानबिन गरेर न्यायाधीशका लागि योग्य व्यक्तिको सूची सार्वजनिक गर्ने बताइन्छ।

उता जिल्ला र उच्च अदालतमा न्यायाधीश बनाइदिने भनेर बिचौलियाहरुको बजारमा चकचकी देखिन्छ। यो प्रक्रिया हात्तीको देखाउने दात मात्र भएको उल्लेख गर्दै एक जना कानुन ब्यबसायीले यो सुचीपछि यी मध्ये झन् बार्गेनिङ गर्न सहज हुने बताए।उनका अनुसार बिचौलियाहरु उच्च अदालतको न्यायाधीश बनाइदिन्छु भनेर डिल गरिरहेका भेटिन्छन्।ती बिचौलियाहरुले कम्तिमा ५० लाखको रेट राखेको पनि बताए।तर न्याय परिषद् प्रशासन भने यो कुरा अस्वीकार गर्दै यसपटक पारदर्शी ढंगले सक्षम न्यायाधीश नियुक्त हुने बताउछ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long