एसपी बोगटी आउनासाथ गिरोह पक्राउ , तीन मुख्य काममा बारा प्रहरी सक्रिय

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

बारा। बारा जिल्लामा प्रहरी प्रमुख बनेर आउनासाथ पत्रकारहरुसङ्गको भेटघाट कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा , सीमा अपराध र नियन्त्रण तथा निर्वाचन बिशेष सुरक्षा गरि मुख्य तीन कामलाई प्राथमिकतामा राखेको एसपी होबिन्द्र बोगटीले बताएका थिए।

एसपी बोगटी आएको हप्तादिनमै मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । चोरी गरिएका १२ थान मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई प्रहरीले मगंलबार सार्वजनिक गरेको हो ।

उनीहरूले बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरबाट गत १९ बिहिबारबाट २ वटा मोटरसाईकल चोरी गरी भाग्ने क्रममा प्रहरीले पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षीय बिशाल कुमार सहनी र सोही स्थानका २० वर्षीय भोला पटेललाई पक्राउ गरेको थियो ।उनिहरुलाई अनुसन्धान गर्दै जाने क्रममा उनीहरूको बयानका आधारमा मोटरसाइकल चोरीमा संलग्न थप चारजना मानिस सहित विभिन्न कम्पनीको १२ थान चोरीको मोटरसाइकल समेत वरामद गर्न प्रहरी सफल भएको हो। जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले चोरीमा संलग्न रहेका पचरौता नगरपालिका ७ का २१ वर्षीय बिशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षीय बृजमोहन साह सोनार, २० वर्षीय बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनीलाई पक्राउ गरेको जानकारी दिए।

उनीहरूले बाराको कलैया, महागढी तथा आसपासको क्षेत्रबाट विभिन्न मितिमा चोरी गरेका बजाज र हिरोहोन्डा कम्पनीका एक दर्जन मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी संगठनमा काबिल प्रोफेसनल अफिसरको छबि बनाएका बोगटी अपराध अनुसन्धान र रिजल्ट ओरियन्टेड कार्यमा बिशेष दख्खल राख्ने अफिसरका रुपमा पहिचान बनाएका छन् । जुन सन्देश उनी आउनासाथ दिएको बताइन्छ।

स्याङ्जामा प्रहरी प्रमुख हुँदा एसपी होबिन्द्र बोगटीले मातहतका प्रहरीलाई सामाजिक सन्जालमा बसेर समय खेरफाल्नु भन्दा फुर्सदको समयमा अतिरिक्त आयआर्जन जुटाउनको लागि डीम्याट खाता खोल्न र आइपीओ भर्न आग्रह गरेपछि उनको व्यापक चर्चा भएको थियो।यसो गर्नाले तल्लो तहमा भ्रष्टाचारमा कमी आउने उनको धारणा छ । सामाजिक संजालमा समय खर्चनुभन्दा उत्पादनशील काममा लागिपर्न समेत उनको सुझाव छ।

 

यसै क्रममा मंसिर ४ मा गर्ने भनिएको आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनको लागि चुनाव लक्षित कार्यक्रम बनाएर बारा प्रहरी अगाडि बढेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोगटीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कलैया, बारामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा एसपी बोगटीले चुनावको मिति घोषणा सँगै नेपाल प्रहरी माथि थप जिम्मेवारी थपिएको र त्यही जिम्मेवारी पूरा गर्नको लागि अहिलेदेखि नै विशेष कार्यक्रम बनाएर अगाडि बढेको बताए।

त्यसको साथ साथै सीमा अपराध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा गरि तीन कुरामा केन्द्रित भएर बारा प्रहरी अगाडी बढएको उनले बताए।

 

अहिले साईबर अपराधका घटनाहरु बढी मात्रामा घट्ने गरेको र त्यसको रोकथामको लागि प्रहरीसँग भएको स्रोत साधानहरुलाई अधिकतम उपयोग गरेर नियन्त्रण गर्न लागिएको उनले बताए।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long