आज खिरखाने पर्व अर्थात साउन पन्ध्र, कसरी शुरु भयो?

काठमाडौ । आज साउन १५ अर्थात खिर खाने दिन । नेपालीहरुले अस्जको दिनलाई खिर खाने दिनका रुपमा लिन्छन र मनाउछन। यस्लाई एउटा सस्कृतिका रुपमा लिइन्छ।यस्को सुरुवात कहिले र कसरी भयो त ? यो पनि चाखकै बिषय छ।

करिब एक हजार वर्ष पुराना अभिलेखमा मन्दिरमा खिर चढाइएको र चाडपर्वमा समेत यसको प्रयोग भएको उल्लेख पाइन्छ । भक्तपुरको महालक्ष्मी मन्दिरमा पाइएको अभिलेखमा लच्छिवी राजाहरूले साउनमा देवीलाई खिर चढाउने गरेको उल्लेख छ । वर्षायाममा चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने कारण तातो र तागतिलो पदार्थ खानुपर्छ । दूधमा हुने तत्व र धेरैबेर पकाउँदा बढ्ने गुणका कारण मानव शरीरलाई ज्यादै फाइदा पु¥याउँछ ।

नेपाल चाडपर्व धेरै भएको देश हो । यहाँ सबै जातजाति, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरू मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दही, मासु, खिचडी, सेल, घिउ–चाकु, दही–चामल, दही–चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यी सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसै गरी प्रत्येक वर्ष साउन १५ मा खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरूले हाम्रो देशमा यसरी नै संस्कृतिलाई जोगाइराखेका छन् ।

साउन १५ लाई देशैभर खिर खाने दिनको रूपमा चिनिने गरिन्छ । नेपालमा प्राचीन कालदेखि खिर एक उत्कृष्ट खाना हो । आयुर्वेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । यसदिन खिर खाएमा शुभ हुने मान्यता रहेको छ । यस महिनामा वर्षा हुने र विभिन्न किसिमका रोग लाग्ने र बिरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनका लागि खिर खाने चलन रहेको पाइन्छ ।

यस सम्बन्धि रुची, चासो र जानकारी राख्ने पल्हाद दाहालकस अनुसार ,खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान् नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । गर्मी महिना भएको कारणले शरीरमा दाद, खटिरा, घाउ, लुतोजस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यी यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दूध र दूधजन्य पदार्थको बढी नै सेवन हुने गरेको पाइन्छ ।

गाउँघरमा मिठो मसिनो कमै खाइने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरीरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यी सब कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरूले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आमनेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने गरी कम्तिमा वर्षको एकदिन भए पनि खानुपर्ने गरी चाडपर्वको व्यवस्था भएको पाइन्छ । वैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ