कोरोना संक्रमण बढ्दै जानु चौथो लहरको संकेत , विज्ञ भन्छन् – अब ढिलाइ नगरौ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं ।कोभिड १९ सक्रमण दर बढ्दै गएपछि विज्ञहरूले चौथो लहर सुरु भएकाले सोहीअनुसार तयारी थाल्न सरकारलाई सुझाव दिएका छन्। उनिहरुले सरकारलाई कोभिड १९ को चौथो लहर घोषणा गर्न , आवश्यक तयारी गर्न र सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरेका छन।

विज्ञहरुले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुको कारण ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बीए५ संक्रमण हुन सक्ने औंल्याएका छन्।

नेपालमा ओमिक्रोनको नयाँ उप–प्रजाति बी ए फाइभ पुष्टि भइसकेको छ। ‘बीए फाइफ’ भेरियन्टलाई अन्य भेरियन्टभन्दा निकै संक्रामक मानिन्छ। अहिले विश्वभर फैलिरहेको ओमिक्रोनका भेरियन्टबाट बच्न बुस्टर डोज बढी प्रभावकारी रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।

यसरी कोरोना संक्रमण बढ्दै जानु र सक्रिय संक्रमितको सख्या पनि बढ्दै जानुलाई विज्ञहरूले कोरोनाको चौथो लहर सुरु हुने संकेतको रूपमा बुझेका छन्।सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन यस्तो अवस्थामा बिशेष सजकता अपनाउनु पर्ने बताउछन् ।

टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास कोरोनाको चौथो लहर सुरु हुने संकेत देखिएको बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पताल तथा प्रयोगशालालाई तयारी अवस्थामा राखिएको छ। चौथो लहर फैलिए पनि अस्पताल तथा पूर्वाधारले धान्न सक्ने मन्त्रालयको दाबी छ। इडीसीडीका निर्देशक डा. दासका अनुसार कोरोना महामारीसँग जुध्न सबै संयन्त्र तयारी अवस्थाामा छन्। सीमानाकामा कडाइ गरिएको छ। अस्पताल तथा प्रयोगशाला र जनशक्तिलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

पछिल्ला साता नेपालमा दैनिक करिब चार सयको संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् भने संक्रमणदर पनि १२ प्रतिशत पुगेको छ। गत असार १ मा ०.६४ प्रतिशत पुगेको संक्रमण दर साउन ५ सम्म आइपुग्दा १२.१ .प्रतिशत पुगेको छ। तेस्रो महामारीको लहर गत फागुनबाट क्रमशः मत्थर हुँदै गएको थियो। तेस्रो लहरमा संक्रमण दर ५० प्रतिशतमाथि पुगेको थियो।

पछिल्ला साता कोभिड संक्रमितको संख्या दैनिक बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाअनुसार दैनिक झन्डै ४ सय हाराहारी संक्रमित थपिन थालेका छन्।

२ साउनमा ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो, जुन पछिल्ला चार महिनायताकै उच्च हो। असार २० सम्म १ प्रतिशत रहेको कोरोना संक्रमण दर अहिले झन्डै १२ प्रतिशतमा आइपुगेको छ।

योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long