२८ जेठमा धमाका मच्चाउँदै गणेश ईसारा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । हास्यकलाकार गणेश ईसारा राईले आउने शनिबार अर्थात यही जेठ २८ गते सघीय राजधानी काठमाडौमा धुम मच्चाउने भएका छन् ।

समाजसेवी बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणका लागि गर्न लागिएको कार्यक्रममा विभिन्न खालको प्रस्तुती दिएर गणेशले धुम मच्चाउन लागेका हुन । बिगतदेखि नै संचालति ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ को फेरी निरन्तरता दिदै यो शो गर्न लागिएको ईसाराले जानकारी दएका छन् ।

यसभन्दा अघि बिनाशकारी भुकम्पले रोकेको आफ्नो शोलाई फरी निरन्तरता दिन लागेको ईसाराको भनाई छ । काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा २८ गते शनिबार हुन लागेको कार्यक्रममा बरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान समेत गरिने बताईएको छ ।
समाजसेवमा समेत सकृय राईले यसअघि समस्यामा परेकाहरुलाई सहयोग गर्दै आईरहेका ब्यक्ति हुन । एक्सन इन्टरटेनमेन्टको ब्यानरमा आयोजना हुन उक्त कार्यक्रममा राईलाई अन्य ख्यातिप्राप्त कलाकारहरुले पनि साथ दिनेछन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long