काठमाडौ महानगरको पहिलो मतपरिणाम सार्बजनिक बालेनले लिए अग्रता

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ। निर्बाचन आयोगले काठमाडौ महानगरपालिकाको पहिलो मत परिणाम सार्बजनिक गरेको छ। काठमाडौ महानगरपालिकामा हाल वडा नं १ , २ , ३ , ४ र ३२ को मतगणना चलिरहेको सहायक निर्बाचन अधिकृतले जानकारि दिए।

हाल वडा नं १ को ५०० मत वडा नं ३२ को ५०० मत र वडा नं २ को १८० मत गरि जम्मा ११८० मतको मतपरिणाम सार्बजनिक गरिएको छ। यो नै निर्बाचन आयोगले दिएको अहिले सम्मको आधिकारिक जानकारी हो।

सार्बजनिक गरेको मतपरिणाम अनुसार स्वतन्त्र तर्फका उमेदवार बालेन साह ४०२ मत सहित अग्रस्थानमा छन् भने नेकपा एमालेका उमेदवार केशब स्थापितले ३१९ मत सहित उनलाई पछ्याईरहेका छन्।त्यसैगरि गठबन्धनको तर्फबाट काङ्ग्रेसकी सिर्जना सिंह २०२ मत सहित तेस्रो स्थानमा छन्।

यसैगरी सार्बजनिक मत परिणाम अनुसार अन्य चिन्हका उमेदवारहरूको मतसंख्या न्यून छ।

उप- प्रमुखमा नेकपा एमालेकी उमेदवार सुनिता डंगोलले ५२० मत सहित अग्रता लिईरहदा कलम चिन्हका गठबन्धनका उमेदवार ११० मत प्राप्त गरि दोस्रो स्थानमा छन्।

 

राष्ट्रियसभा गृहमा  मतगणना निकै ठुुलो सुरक्षाका बिच चलिरहेको छ।सभागृहको गेटमा एउटा प्रोजेक्टरबाट सर्बसाधारणलाई जानकारि दिई राखिएको छ ।

 

बाहिरपट्टिको सडकमा स्वतन्त्र उमेदवार बालेन साहका समर्थकहरूले साहको समर्थनमा नाराबाजि गरिरहेका छन्।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long