लालबाबुको नाम यसरी काटियो बिराटनगरको मेयरबाट

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितको नाम बिराटनगर महानगरपालिकाको मेयरको लागि चर्चामा रहेपनि अन्तिममा आएर उनको काटिएको छ । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेले पण्डिटको नाम हटाई मेयरका लागि अन्य पाँच जनाको नाम सिफारिस गरेको छ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो । बिराटनगरको मेयरको लागि थापासँगै केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
यस्तै एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि सर्वसम्मतरुपमा हरिकृष्ण ब्यञ्जनकारलाई सिफारिस गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long