प्रेस कार्ड बोकी नक्कली नोटको कारोबार गर्ने प्रहरी फन्दामा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नक्कली नोटको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका ३, बेलचोकस्थित फेन्सी पसलमा कपडा खरिद गर्न गएकी एक महिला र उक्त घटनामा संलग्न सौर्य दैनिकको प्रेस कार्ड बोकेका एक युवकमाथि आवश्यक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको हो ।

नक्कली नोटको कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले मंगलबार बिहान साढे १० बजेको समयमा स्थानीय २५ वर्षीया पबिता घतानी र सोही दिन राप्ती नगरपालिका ७ का २७ वर्षीय गगनलाल तामाङलाई समातेको थियो ।

गगनलाल तामाङलाई पनि उनी बसेको होटलबाट ल्यापटप, मोबाइल, प्रेस कार्डसहित प्रहरीले लगत्तै समातेको थियो । अहिले पक्राउ परेका उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर ९खोटा मुद्रा० मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान भइरहेको छ ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long