सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । सत्तारुढ गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज अपरान्ह ४ बजे बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धनको बैठकले चुनावबारे निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गर्ने भएको छ ।

यसअघि तीन दलका प्रमुख नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो। साँझ बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो।

त्यसअघि बिहीबार अपरन्ह ४ बजे बस्ने भनिएको सत्तारुढ गठबन्धन अन्तर्गतको राजनैतिक समन्वय समितिको बैठक स्थगित भएको थियो ।

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long