नेपाल प्रहरीमा तीन एआईजी थपिदै, यी हुन प्रतिस्पर्धी

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल प्रहरीमा तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थपिने भएको छ । प्रहरी प्रधान कार्यालयले गत साता संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । जसअनुसार गृहमन्त्रालयले एआईजी थप्न लागेको स्रोतको दाबी छ । अहिले पाँच एआईजी रहेका छन् । यदि यो प्रस्ताव पारित भएमा नेपाल प्रहरीमा एआईजीको दरबन्दी ८ पुग्नेछ ।
प्रहरी प्रधान कार्यालयले प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरेको छ । अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ ।
तीन एआईजी थपिएमा एआईजी हुनेहरु आधा दर्जनभन्दा बढी लाइनमा रहेका छन् ।

प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर थप गर्न लागिएको ३ वटा एआईजीमा बढुवा हुनका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंह, डीआईजीहरु उत्तमराज सुवेदी, घनश्याम अर्याल, ईश्वरबावु कार्की, बसन्त पन्त, बसन्त लामा र रविन्द्र धानुक एआईजी बढुवा हुने प्रतिस्पर्धामा छन् । त्यस्तै डीआईजी अरुण बिसी पनि प्रतिस्पर्धामा रहेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long