नेकपा एमाले ऐतिहासिक अभिभारा बोकेको पार्टी हो : अध्यक्ष ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशको प्रमुख राजनीतिक पार्टी मात्र नभएर ऐतिहासिक अभिभारा बोकेको पार्टी भएको बताएका छन् । आज चितवनमा आयोजित पार्टीको उदघाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एमाले देशलाई परिवर्तन दिलाउने पार्टी भएको दावी समेत गरेका छन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । संसद् पुनः स्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो ।

‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनु पर्छ,’ ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनु पर्छ ।’ ओलीले भने ।

‘गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ,’ ओलीले भने, ‘जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’

उनले एमाले नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्या समाधान गर्न सदैव कटिबद्ध रहेको बताए । उनले सम्बोधनको क्रममा भने, ‘नेपालको सबैभन्दा ठूलो पार्टी, सेन्टिमेन्टल कुरा होइन । वास्तविक रुपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ भनेर व्यवहारिक कार्यान्वन गर्ने पार्टी हो एमाले ।’ उनले एमाले अब चुनावको तयारीमा रहेको बताउँदै भने, ‘तपाईहरुले छानेर पठाएका प्रतिनिधि गैरजिम्मेवार छैनन् । अत्यन्तै जिम्मेवार छन् ।’

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long