गुडीरहेको बसमा आगो लाग्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

गजुरी । धादिङमा गुडिरहेको बसमा आगलागी भएपनि मानवीय क्षती चाही भएन । सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे जगुरीमा एक्कासी आगो लागेको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएका छन्।

उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको र आगलागीबाट मानवीय क्षती चाही नभएको जानकारी दिए । भण्डारीका अनुसार बसको अधिकांश भाग जलेको छ। बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन् ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long