nepal telicom

एमालेमा युवापुस्ताको क्रेज बढ्दो, १९ वर्षीय झरना चौधरी बनिन सचिव

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

सैनामैना। नेकपा एमाले पार्टीले अहिले आफ्नो सकृयता ह्वात्तै बढाएको छ । सांगठनिक संरचनालाई पुर्नजिवित गर्नका लागि एमालेले केन्द्रदेखि वडा तहसम्मको अधिवेशनलाई अघि सारेर आफ्ना पार्टीको संरचनालाई पुर्नताजकी गराउने काम गरिरहेको छ । केन्द्रीय महाधिवेशन आउदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने भएको छ ।

हिजो शनिबार देशैभरको वडातहका अधिवेशन गरेको छ । हिजो ६ हजार भन्दा बढी वडामा नेतृत्व चयन भएको छ । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकैपटक सबै ठाउँमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको अधिवेशनमा देशैभर नेता तथा कार्यकर्ताले अधिवेशनमा सकृय सहभागिता जनाएका थिए ।

अझ अहिले युवा पुस्ताले एमाले पार्टीलाई धेरै रुचाईएको देखिएको छ । समावेशितालाई पनि मध्यनजर गर्दै पार्टीले हरेक वडामा सबैको सहभागिता हुने गरी अधिवेशन गराएको छ । लुम्विनीमा १९ वर्षकी झरना चौधरी वडा सचिवमा सर्वसम्मत भएपछि अहिले उनी चर्चाको शिखरमा समेत पुगेकी छिन । उनी लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा वडासचिवमा सर्वसम्मत रुपमा चयन भएकी हुन ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर पाँचका धेरै ठाउँमा युवा अनुहार आएको राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराइले बताए ।

रुपन्देहीका पनि अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व तथा पादधिकारी चयन भएको छ । रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ।

देशभर ६ हजार ७ सय ४३ वटा वडा रहेका  छन् । लुम्विनीमा युवा पुस्ताको राम्रो सहभागिता रहेको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १ का २६ वर्षीय सुरज कलवार वडा कमिटी अध्यक्ष भएका छन् । उनी सानै उमेरमा नेकपा एमाले लुम्बिनी सांस्कृतिक नगर वाड न १ को अध्यक्ष बनेका छन्।

 

adb bank long