गण्डकी र लुम्विनी प्रदेश प्रमुखको सपथग्रहण साँझ ६ बजे हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नव नियुक्त गण्डकी र लुम्बिनी प्रदेश प्रमुखको शपथ आज बुधबार साँझ ६ बजे हुने भएको छ । साँझ ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा दुवै प्रदेश प्रमुखको शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी थिइन् ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर सत्ता गठबन्धन दलको सिफारिस अनुसार गुरुङ र शेरचनलाई नियुक्त गरिएको हो ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long