काठमाडौं । नेकपा(एमाले) वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु तत्काल सरकारमा सहभागी नहुँने बताएका छन् ।
प्रधानमन्त्री देउवाले बुधबार बिहान गठबन्धनका सबै दलका नेताहरुलाई बोलाएर बैठक गरेका थिए । सो क्रममा माधव नेपाल पक्षको प्रतिनिधित्व गर्दै बैठकमा डा। विजय पौडेल सहभागी भएका थिए ।
गठबन्धनको बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । तर पौडेलले भने एमाले एकताकै पक्षको दिशामा रहेकाले सरकारमा सहभागी हुन तत्काल सम्भव नरहेको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।
बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काका अनुसार डा.पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद् विस्तार गर्न भनेको जानकारी दिए ।