अब के गर्लान् रञ्जिता र रेशम ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

धनगढी । सुदूरपश्चिम प्रदेशमा अर्को राजनीतिक घटना बिकाश भएसंगै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रञ्जिता र रेशम दम्पत्ती के गर्लान भन्ने चासो बढेको छ ।

यसअघी केन्द्रको सहमतीलाई लत्याउदै माधव कुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीले काङ्ग्रेससंग मिली रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्नेगरी अगाडी बढेपछि उत्पन्न परिस्थितीले आज पुन बेग्लै मोड लिएको छ ।

आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार नयाँ  घटनाक्रम अगाडी बढेको हाे ।

यससंगै एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएको छ ।

आजको बैठकले केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

समर्थन फिर्ता लिएसंगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दावी गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

यसअघी आइतबार मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले कानुनी परामर्श गर्ने भन्दै निर्णय दिएका थिएनन् ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा चालेको कदमले केन्द्रीय सत्ता गठबन्धनमै हलचल आएको थियो । त्यसपछि सत्तारुढ दलका शीर्ष नेताहरूबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भएको हो ।

यसअघिको कोर्सबाट फर्केपछि अब एमाले, माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन् ।

सुदूरपश्चिमकै सरकारको बिषयलाई लिएर झगडाको सुरूवात गरेका रेशम दम्पत्ती भने केन्द्रका दलहरूको यो निर्णयसंगै के गर्लान हेर्न बांकी नै छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long