गृहमन्त्रीको नयाँ बर्षको सुरूवात, थापाथली चोकमा मिठाई हातहात !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नयाँ बर्ष मनाउने हरेक मानिसका आआफ्ना तरिका हुन्छन् । यशपालीको नयाँ बर्ष २०८१ सुरू भएको अवसरमा गृहमन्त्रीले हातहातमा मिठाई बाँडेर नयाँ बर्ष मनाएका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले थापाथली चोकमा प्रहरी, सवारी चालक र यात्रुलाई मिठाई बाँडेर खुशी साटासाट गरेका छन् । उनले नयाँ वर्षको शुभकामना सहित  मिठाई र सुरक्षित यात्राको कामना पनि गरे ।

गृहमन्त्री लामिछानेले ड्युटीमा रहेका प्रहरीलाई मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह समेत गरेका छन् ।
कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने बताएका लामिछानेले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता समेत जनाएका छन् ।

गृहमन्त्री लामिछानेको यो शुभकामना कार्यक्रममा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु पनि उपस्थित थिए ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long