आजदेखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुल्ने !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । पर्यटकको आकर्षणको केन्द्र मानिने काठमाडौँको ठमेल क्षेत्र वैशाख १ गते अर्थात् आजदेखि २४ सै घण्टा खुल्ने भएको छ।

ठमेल पर्यटन बिकाश परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खोल्न सम्पूर्ण तयारी पुराभएको जानकारी दिए। उनका अनुसार नयाँ वर्षको उपलक्ष्यमा आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नेछन् ।

यसअघी नै रवि लामिछानेले गृहमन्त्रालय सम्हालेसंगै पर्यटकीय क्षेत्रलाई आबश्यक सल्लाह अनुसार पूर्णकालिन रूपमा खोल्ने घोषणा गरेका थिए ।

पूर्णकालिन रूपमा खोल्दा आबश्यक पर्ने सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले लिने बताईएको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गते आजदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताए।

उनले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिए। चैत ३० गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरिसकेको छ। सबै सरोकारवालासँगको रायसुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

अहिले ठमेलमा विहान ४ बजेसम्म क्लब मात्र खुल्दै आएका थिए ।  अब आजदेखि भने क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।

ठमेल बिकाश परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सै घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताए। ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः‚ सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ।

आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने पनि जनाइएको छ। मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long