के-के भयो ओली र प्रचण्डबीच कुराकानी ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष एबं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।

नयां समिकरण बनेपछि निरन्तर सम्बाद र छलफलमा रहेका यी द्वय अध्यक्षले आज संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको बुझिएको छ ।

नेपाली काङ्ग्रेसले सरकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नका लागि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध गर्दै आएको अबस्थामा दुई अध्यक्षले यस्तो निर्णय गरेका हुन् ।

बैठकपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निरन्तर संसद बैठक अवरोध गरेपछि संसदको अधिवेशन अन्त्य गर्न बाध्यता भएको बताएका छन् । ‘कांग्रेसले संसद चल्न दिएन । यसैले संसदको अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बिजनेस नपाएर भन्दा पनि कांग्रेसको अवरोधको परिणाम हो’ ओलीले भने, ‘‘अधिवेशन अन्त्य भए पनि पछि फेरि आह्वान हुन्छ ।’

निरन्तर संसद अबरोध गरेपछि संसदको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ  । तर विपक्षीहरूले भने यसको विरोध गरेका छन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long