घरमा बम राखि बारीमा भएको बुद्धचित्तका रूख काटे

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । घटनापनि अचम्मका भेटिन्छन् । सायद यस्तै भएर होला बुढापाकाले ‘दैव लागोस् बरू, शत्रु नलागोस्’ भनेको । काभ्रे जिल्लाको रोशी गाउँपालिका ५, का ठकुरानी तामाङलाई अहिले यस्तै शत्रु लागेको छ ।

तामाङको घरमा बम फिट गरेर अपरिचित समुहले  बुद्धचित्तको बोट फडानी गरेको छ ।

गएराति १ बजे तिर १५/२० जनाको अपरिचित समूह आएर तामाङको घरमा घरेलु सकेट बम राखेर बारीमा भएको बुद्धचित्तको बोट फँडानी गरेको थियो ।

उक्त खबर थाहा पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले पुगेको थियो । उनीहरूले राखेको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले निष्क्रिय पारेको छ ।

बम निष्क्रिय पारेसँगै घटना  बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long