होलीलाई विकृत नबनाऊँ : केपी ओली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले होलीलाई विकृत बनाउन नहुने बताउनुभएको छ ।

नेकपा एमाले मधेस प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको होली मिलन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले होलीका नाममा देखिएको छाडा पन र विकृतिलाई रोक्नु पर्ने बताउनुभयो।

होली हर्षोल्लास र गीत, सङ्गीतको पर्व भएकोले त्यसलाई सोही रूपमा मनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । होलीको नाममा कसै माथि जोड जुलुम र जबरजस्ती गर्नु नहुने तर्फ उहाँले सचेत गराउनुभयो । ‘होलीको सुरु नै सरररबाट हुन्छ, उत्साहबाट, उमङ्गबाट, हौसलाबाट, यसरी होली सुरु हुन्छ’, उहाँले भन्नुभयो ।

होली मित्रताको पर्व भएकोले यसलाई विकृत हुन दिनु नहुने तर्फ उहाँले सचेत गराउनुभयो । ‘अनुचित पक्षलाई कटाउँदै, हटाउँदै लैजानु पर्छ, यसका राम्रा पक्ष, मित्रताका पक्ष, रमाइलाको पक्ष, मनोरञ्जनका पक्ष, सामाजिक मर्यादाका सीमा भित्र रहेर मनोरञ्जनका पक्षलाई बढवा दिएर लानु पर्छ’, उहाँले भन्नुभयो ।
नेपालका पर्व र संस्कृति सामाजिक सम्बन्धसँग जोडिएको उहाँले बताउनुभयो । पर्व र संस्कारले समाजको सुप्रबन्धसँग जोडिएको उहाँको भनाइ छ ।

उहाँले होली खेल्दा अबिरसँग सतर्क भएर खेल्न आग्रह गर्नुभयो । स्वास्थ्य र आर्थिक पक्षमा ध्यान दिएर होली खेल्न उहाँले सुझाव दिनुभयो । पर्वको सन्दर्भ पारेर अनेक खर्च नगर्न पनि उहाँले आग्रह गर्नुभयाे ।

ओलीले होलीले सभ्य शान्तिपूर्ण र एकताबद्ध समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । होलीको सन्देशले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long