‘राजनीति धारामा पानी थाप्न लाइन बसेजस्तो होइन’

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । पूर्व प्रधानमन्त्री एबं  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण शिबिरमा सम्बोधन गर्दै अबको पार्टि र नेतृत्वको बिषयमा फरक दृष्टिकोण हुनुपर्ने बताएका छन् ।

नेपालका ठुला पार्टी र एमालेलाई समेत नेतृत्व र जिम्मेवारी दिने कुरामा विभिन्न आरोप लाग्दै आईरहेको बेला अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन् । उनको यो कुराले अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने कुरा नेतृत्व लिन चाहाने नेता तथा कार्यकर्ताले राम्रोसंग बुझ्न सक्ने ओलीको ठम्याई छ ।

सो कुरालाई थप प्रष्ट पार्दै उनले भने – ‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रुपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो  भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ’।

आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ – ‘तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’  हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुण र दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलोपालो वा तेरोमेरोमा आधारित रहेर होइन।’- ओलीले भने ।

अध्यक्ष ओलीको यसै कुरालाई पार्टीका उपमहासचिव एबं पूर्व मन्त्री प्रदीप ज्ञवालीले आफ्नो सामाजिक संजाल(फेसबुक) मा मन्तब्यको मुख्य सार भन्दै नेता र कार्यकर्ताले बुझ्ने शैलीमा ७ बुदामा प्रस्तुत गरेका छन् ।

यस्ता छन् ७ बुदे मुख्य सार:-
१. अब कार्यकर्ताको मूल्याङ्कन, उम्मेदवारी र जिम्मेवारी मुख्य आधार कार्यक्षमता र कार्यदक्षतालाई बनाइनेछ । लामो इतिहास छ भन्दैमा त्यसका आधारमा मात्रै अबका चुनौतीको सामना गर्न सकिँदैन ।
२. सबैले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रशिक्षित हुनैपर्छ, यद्यपि सबैले सबै विषयमा पूर्ण ज्ञान हासिल गर्न संभव छैन ।
३. जनप्रतिनिधिहरूको मुख्य ध्यान हरेक नागरिकलाई कसरी धनी बनाउने, उत्पादन बढाउने र बचत गर्न सक्ने ठाउँमा पुर् याउनेमा केन्द्रित हुनुपर्छ, आफू धनी बन्ने कुरामा होइन ।
४. प्रोटोकलमा केन्द्रित नहुनुस्, जनतासँग घुलमिल हुनुस्, उनीहरूको सुखदुखमा साथी बन्नुस् ।
५. आफूलाई मन पर्ने काम होइन, जनतालाई मनपर्ने काम गर्नुस्।
६. स्वार्थी र पछ्यौटे तत्वसँग जोगिनुस् ।
७. मान्छेलाई असल बनाउने र उनीहरूको बलमा सामाजिक रूपान्तरण गर्ने गरी प्रशिक्षण अगाडि बढाउनुस् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long