मोरङको सन्थाल बस्तीमा आगलागी हुँदा २२ घर जले

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

विराटनगर । मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ३ स्थित सन्थाल टोलमा आगलागी हुँदा सन्थाल बस्ती सखाप भएको छ ।

शनिबार भएको उक्त आगलागीबाट सन्थाल टोलका २२ घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीले जानकारी दिएको छ।

सो बस्तीमा अधिकांश घर फुस र बाँसबाट बनेकाले आगो छिट्टै फैलिएको थियो । ‘आगलागीबाट फुस, बाँसबाट निर्मित घर जलेर नष्ट भएको हो । बाक्लो बस्ती भएकाले आगो चाँडै फैलिएर क्षति भएको हो’  – रंगेली नगरपालिकाका मेयरले भने।

आगलागी नियन्त्रण गर्न विराटनर, रंगेली, बेलबारी र सुन्दरहरैँचाबाट वारुणयन्त्र परिचालन गरिएको थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long