दिनदहाडै मनी ट्रान्सफर संचालकमाथि गोली प्रहार

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

रौतहट । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा दिनदहाडै गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरिएको बताइन् । यस विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिईन ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले हतियार बरामद गरेको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्यले गोली चलाएको पाइएको डिएसपी गिरीले जानकारी दिईन । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long