समाजवादी प्रेस संगठन, उपत्यका प्रदेश कमिटीको अध्यक्षमा गुरागाईँ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ। समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको अध्यक्षमा आशिष गुरागाई चयन हुनु भएको छ।

बुधबार ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा सम्पन्न प्रदेश भेलाले गुरागाईँलाई उपत्यका प्रदेश कमिटीको अध्यक्ष चयन गरेको हो। भेलाले संगठनको उपाध्यक्षमा दिनेश कार्की र लिजा क्षेत्रीलाई चयन गरेको छ।

त्यस्तै संगठनको सचिवमा सौगात मिश्र, सहसचिवमा योगेन्द्र चौलागाईं, सुस्मिता सुनार र कोषाध्यक्षमा गणेश विकलाई चयन गरेको छ।

त्यस्तै सदस्यहरुमा केशव बजगाई, बेदप्रसाद भट्ट, टीका रसाइली, डिग श्रेष्ठ चयन हुनु भएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long