सवै नेतालाई अपडेट गर्न प्रशिक्षण : उपमहासचिव ज्ञवाली

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

तानसेन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताउनुभएको छ ।

नेकपा (एमाले) पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘कि अपडेट हुन सक्नुपर्छ, कि आउटडेटेड हुनुपर्छ ।’ पुरानो सोंचका आधारमा नेता बन्न सकिदैन, उहाँले भन्नुभयो ।

मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले हो भएकोले पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने र सामाजिक सञ्जाल तथा अत्याधुनिक प्रविधिबारे जानकार हुनुपर्छ, ज्ञवालीको भनाई थियो । हरेक नेता कार्यकर्ता अध्ययनशील हुनुका साथै पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएकोले यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउनु आवश्यक रहेको पनि उहाँले वताउनुभयो । अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकाले अव त्यसो हुने छूट कम्तिमा नेकपा (एमाले)लाई छैन भन्दै उहाँले थप्नुभयो, समय सापेक्ष बन्न नसके जनताले विश्वास नगर्ने भएकोले समयअनुसार परिवर्तन हुन र तदनुसारको क्षमता वृद्धि गर्नेतर्फ लाग्न निर्देशन गर्नुभयो ।

आगामी दिनमा नेकपा (एमाले) को पार्टीे नेतृत्व वा कुनै पनि निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न पार्टीले परीक्षा लिने तयारी गरिरहेको तर्फ ध्यानाकर्षण गर्दै परीक्षामा उर्तीण नभए टिकट नपाउने अवस्था छ भन्नुभयो ।

आधारभूत पाठ्यक्रम निर्माण गरेर आवश्यकताअनुसार परिक्षा लिइनेछ र स्थानीय तहका लागि आधारभूत, प्रदेशका लागि माध्यमिक र केन्द्रीयका लागि उच्च माविस्तरको परिक्षा सञ्चालन हुनेछ, उहाँले भन्नुभयो । नेतालाई स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले यस प्रकारका प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परिक्षा लिने योजना रहेको वताउनुभयो ।

आफूले राजनीति के का लागि गरेको हो ? कसका लागि गरेको हो ? निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छु ? भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न सक्दैन, ज्ञवालीको भनाई थियो । विगतमा कार्यकर्ता भेला गरेर भाषण मात्रै गर्ने चलन भएपनि अबका दिनमा आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा पार्टीको नीति, सिद्धान्त, बिचार, सरकारमा नेतृत्व लिएपछि के गर्दा जनता, राष्ट्र र राष्ट्रियताको हितमा काम गर्न सकिन्छ ? भन्नेबारे स्थानीय तहका नेतालाई पढाउने काम भइरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएका नेता तथा कार्यकर्ताको बुझाईमा एकरुपता ल्याउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास गरिउको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका करिब एक शयभन्दा बढी नेताको सहभागिता रहेको छ ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long