पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ७, ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २, जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आलेले टिपरबाट हाम फाल्दा सोही टिपरको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । निस्दी गाउँपालिका ७, ज्यामिरे मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुर सर्दीतर्फ जाँदै गरेको लु.२ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा निस्दी गाउँपालिका ७, ज्यामिरेकी २५ वर्षीया हिमाली आले, टिपर चालक मकवानपुरको मनहरि गाउँपालिका ९ का २६ वर्षीय अञ्जन सुनार र सह-चालक मकवानपुरको हेटौंडा ९ बस्ने आशिष सुनार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long