भूकम्पको ईपिसेन्टरबाट पूर्वमन्त्री अर्यालको आग्रह : पीडितलाई यथाशीघ्र राहत देउ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

जाजरकोट । भूकम्पको ईपिसेम्टर पुगेरनेकपा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी ईन्चार्ज रहेकी पूर्वमन्त्री पद्मा अर्यालले संकलन भएका राहत यथाशीघ्र वितरण गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन् । सचिव अर्यालले जाजरकोटमा भूकम्प पीडित र स्थानीय ब्यक्तिहरुसँगको छलफल पछि उनले लगातार गएको पराकम्पनका कारण स्थानीय बासिन्दामा उत्पन्न त्रासको अन्त्य गर्न मनोपरामर्श सञ्चालन गर्नुपर्ने बताएकी छन् । साथै यथाशीघ्र आवश्यक बासको ब्यवस्था, औषधिको प्रवन्ध , स्वस्थ खानेकुरा र पानीको ब्यबस्थापनका लागि पनि उनले आग्रह गरेकी छन् ।

त्यस्तै भग्नावसेष हटाइ अस्थायी बसोबासका लागि तत्कालै प्रबन्ध गरिनु पर्ने । सोही कार्यका लागि अ-आफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गरेकी छन् ।

जाजरकोट पुगेको अर्याल नेतृत्वको टोलीमा भुकम्प प्रभावित क्षेत्रमा नेकपा ( एमाले ) बाँके र बर्दिया जिल्ला कमिटीका पदाधिकारीहरु , केन्द्रिय सदस्यहरु र सांसदहरु सहभागी छन् । उक्त टोलीले जिल्ला प्रशासन , नगरपालिका र सम्बन्धित जिल्लाको पार्टी नेतृत्वको रोहवरमा ५ सय थान ब्लांकेट , ४९८ बोरा चामल , ३ लाख मुल्य बराबरको लत्ताकपडा र केही नगद हस्तान्तरण गरेको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long