विश्वकप पुग्ने निर्णायक खेलमा आज नेपालले यूएईसँग खेल्दै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेपालले आज शुक्रबार आईसीसी टी-ट्वेन्टी विश्वकपमा सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स, यूएईसँग खेल्दैछ। मुलपानी मैदानमा हुने यो सेमिफाइनलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुनेछ।

आगामी टी-ट्वेन्टी विश्वकप अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। त्यो विश्वकपका लागि दुई टिमको टुंगो भोलि लाग्नेछ। मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुने खेलले नै विश्वकप पुग्ने टिमको टुंगो लाग्नेछ।

यूएईलाई हराएर नेपाल विश्वकपमा स्थान सुरक्षित गर्न चाहन्छ। पछिल्लो समय नेपालले निकै महत्वपूर्ण खेलहरुमा यूएईलाई विपक्षीको रुपमा पाएको छ। यूएईसँग नै नेपालले लिग २ को अन्तिम खेल र प्रिमियर कपको फाइनल पनि खेलेको थियो। ती दुवै खेलमा नेपाल विजयी भएको छ। तर एक हप्ताअघि मात्र त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईसँग पराजित नेपाल अब चिरपरिचित प्रतिद्वन्दीलाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ।

नेपालको ओपनिङ जोडीले डेढ वर्षपछि ५० रनभन्दा धेरै साझेदारी गरेको थियो आजको खेलमा पनि ओपनिङ पार्टनसिपको धेरै आवश्यकता छ। त्यसैगरी मिडिल ओभरबाट खेललाई अन्तिमसम्म लैजान कुशल मल्ल, रोहित पौडेललाई दबाब हुनेछ।

मुलपानी मैदान स्पिनर्सलाई सहयोग गर्ने किसिमको छ। त्रिवि मैदानको तुलनामा यो मैदानमा केही छोटो बाउन्ड्री हुनेछ। काठमाडौंमा आजको मौसम सफा रहनेछ। तर मुलपानी मैदानको दर्शक क्षमता भने धेरै छैन। यसकारण नेपाल क्रिकेट संघले दर्शकलाई नियन्त्रण गर्नका लागि घरै बसेर खेल हेर्न अनुरोध गरेको छ। क्यानले तीन हजार पाँच सय मात्र टिकट बिक्री गर्ने जानकारी दिएको छ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long