मलाई बदनाम गर्ने षडयन्त्र गरियो : उग्र नारायण यादव

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

सिरहाको भगवानपुर गाउँपालिका प्रमुख उग्र नारायण यादव यतिबेला चर्चामा छन् । मृतक आमाको १३ औँ पुण्यतिथीमा आयोजित शुद्दिकरण भोजमा दलित समुदाय माथि विभेद गरेको आरोप यादव माथि लागेको छ । यही बिषयमा पत्रकार सन्तोष बराइलीले नेकपा ( एमाले)का सिरहा जिल्ला सचिव समेत रहेका यादवसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

तपाँईले आमाको १३ औँ पुण्य तिथीमा आयोजित शुद्दिकरण भोजमा दलितमाथि विभेद गरेको हो ?

यो सरासर गलत हो । म दलितको नेता हो । दलित समुदायकै घरमा खाएर , बसेर राजनीति गरेको हुँ । दलित हक अधिकारको लागि धेरै पटक लडाईँ लडेको छु । विधुत जडानको लागि होस् या मुर्ति सदगदमा गरिएको विभेद बिरूद्व म अग्र मोर्चामा बसेर लडेको छु । म कसरी दलित समुदायलाई विभेद गर्न सक्छु ?

भएको चाहिँ के हो त ?

हेर्नुस् भोजमा खास गरि भोजमा दलित समुदाय नै भान्से थिए । खाने कुरा देखि पानी बाँड्ने पनि दलित समुदाय नै थिए । ४ हजार भन्दा बढि आगन्तुक थिए । म पुजामा ब्यस्त थिएँ । जहाँ सम्म प्ले कार्डको कुरा छ , त्यो मैले नै हटाउन लगाएको हो । घर छेउको बाँस झ्याँगमा फालिएको थियो । त्यहीँ उठाएर फोटो खिचिए छ । म अनि मेरो पार्टीलाई बदनाम गर्न नियोजित षडयन्त्र गरियो ।

भोजमा विभेद भयो भनेर दलितहरू आन्दोलनमै उत्रिए त !

केही एनजिओहरूले आन्दोलन गरेको समाचारबाट जानकारी पाएँ । मैले विभेद गरेको भए भगवानपुरमै आन्दोलन हुनेथियो । सुन्दै छु जाहेरी दर्ता गर्न धनगडीको मान्छे गएको थियो रे १ जे होस् केही एनजिओले धन्दा चलाउने अबसर पाए । तर यो गलत हो ।

दलित आयोग पनि आयो नि हैन ?

हो दलित आयोगका प्रतिनिधीहरू पनि आउनुभयो । मैले स्थलगत अनुसन्धान पनि गर्नु भयो । भगवानपुरमा ४० प्रतिशत दलित समुदाय छन् । एकजनाले पनि उग्रनारायणले दलितमाथी विभेद गर्यो भनेर भन्यो भने म झुन्डिन तयार छु । भोजमा आयोजकहरूबाट गल्ति भयो होला । मैले क्षमा याचना गरिसकेको छु ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long