राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन भएका छन् ।

आज बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए ।

 

राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन नै रहेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long