कांग्रेसलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । मौन अवधि लागू भइसकेपछि नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी(जसपा)का उम्मदेवार राम सहाय यादवलाई मत दिने सार्वजनिक गरेपछि निर्वाचन आयोग एक्सनमा उत्रिएको छ ।

सोही विषयलाई लिएर निर्वाचन आयोगले नेपाली कांग्रेससँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।

‘४८ घण्टा अगाडि कसैलाई मत माग्न नहुने, प्रचारप्रसार हुने गतिविधि गर्न नहुने भन्ने छ। यस समयमा सञ्चार माध्यममा आएका समाचारहरूका अनुसार बैठक बसेर उम्मेदवारलाई मत दिने भनी गरिएको निर्णय हो कि होइन? हो भने उक्त निर्णयको प्रतिवेदनसहित स्पष्टीकरण दिन भनेर आयोगले कांग्रेसलाई सोधेको हो ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long