‘मिसन ग्रासरुट’ले एमालेको होलवडी चेकअपको काम गर्छः नेता पण्डित

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले ‘मिसन ग्रासरुट’ नेकपा एमालेका लागि एउटा होलबडी चेकअपको प्रकृया रहेको बताएका छन् ।

आज गुल्मी काठमाडौ सम्पर्क मञ्चद्धरा आयोजित मिसन ग्रासरुट तथा होली विशेष कार्यक्रममा बोल्दै पण्डितले यस्तो बताएका हुन ।

एमालेले अहिले मिसन ग्रास रुटको माध्यमबाट आफ्नो पार्टीको संरचनालाई चुस्त दुरुस्त गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने पनि बताएका छन् । उनले अहिले एमाले सरकारबाट बाहिरिएको अवस्थामा पनि आठ दलीय गठबन्धनले कुनै पनि विषयमा उचित निर्णय लिन नसकेको जिकिर समेत गरे । उनले अहिले पार्टी सरकारबाहिर रहे पनि जनताको साथमा एमाले मात्र भएको र एमालेले मात्र जनताको भावनालाई उचित सम्बोधन गर्न सक्ने बताए । आफूहरु सरकार बाहिर बसेपनि राष्ट्रिय स्थायित्व र देश विकासमा लागिरहने पार्टी भएको समेत बताए ।

नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुटबारे थप बोल्दै नेता पण्डितले यसले पार्टीभित्रको पिलो निचोर्ने काम गर्ने पनि बताए । निर्वाचनका बेला भएका घात अन्तर्घात गर्नेलाई ठाडो कारबाही गर्ने कार्य यस मिसन ग्रासरुटले गर्ने समेत नेता पण्डितले बताए ।

अहिले एमाले सरकार बाहिरै रहेर पनि जनताको भावनालाई आत्मसात गरेर अगाडी बढेकोले एमालेका नेता तथा कार्यकर्ता अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको समेत बताए । उनले राष्ट्रपतिको सन्दर्भमा एमालेदेखि गठबन्धन नै डराईरहेको अवस्था विद्यमान रहेको बताए ।

यस्तै गुल्मी २ (ख)का लुम्विनी प्रदेशसभा सदस्य दिनेश पन्थीले नेकपा एमाले पार्टी सुदृढ भएर एकढिक्का भई अगाडी बढ्ने बताए । साथै उनले आगामी निर्वाचनमा एमाले स्पष्ट बहुमत ल्याउने दाबी समेत गरे । कायर्कम्रममा विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long