अमिताभ बचनको करङमा चोट लाग्यो

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं (एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा घाइते भएका छन् । उनको करङमा चोट लागेको छ ।

फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । फिल्मको एक एक्सन दृश्य सुटिङका ​​क्रममा आफ्नो करङमा चोट लागेको बच्चनले बताएका छन् । चोटका कारण श्वास फेर्न तथा हिँडडुल गर्न बच्चनलाई समस्या परेको छ ।

चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरेका बच्चनले सबै भेटघाट र निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long