गगन थापाले किन गरे प्रचण्डको यस्तो प्रशंसा ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)को प्रशंसा गरेका छन् । गरेका छन् । थापाले गठबन्धन व्युँताउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

आज काठमाडौ ४ मा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री मात्रै बन्ने लोभ र लालसा भएको भए एमालेसँगैको गठबन्धनमा पनि प्रचण्डलाई उक्त अवसर रहेको बताउँदै प्रधानमन्त्री मात्रै हुने लालसा भएको भए एमालेसँगको गठबन्धन छोड्नै नपर्ने बताएका हुन् । थापाले भने, ‘यो गठबन्धनमा आउँदा माओवादीले धेरै कुरा पाएको होइन नि ।’

 

एमालेसँग गठबन्धन हुँदा उपराष्ट्रपति माओवादीले पाउने सहमति बनेको थियो । आठ दलीय गठबन्धनमा जसपालाई उपराष्ट्रपति पद दिन प्रचण्ड तयार भएका छन् ।

पुस १० मा पुरानो गठबन्धनमा राजनीतिक दुर्घटना भएको उनले बताए । दुई महिनापछि सबैले आत्मबोध गरेर पुरानै बाटोमा आएको थापाले बताए ।

 

‘दुई महिनापछि एकै ठाउँमा उभिएका छौं । जे भएको छ, एकदमै ठीक भएको छ । यो भन्दा अर्को बाटो जान पाइँदैन्थ्यो,’ थापाले भने, ‘पुस १० गते बनेको गठबन्धन भत्काउन लुकेर लागेको होइन । अध्याँरोमा लागेको होइन । उज्यालोमा घाम लागेको बेलामा त्यो गठबन्धन भत्काउने प्रयास गरेको हो ।’

संसद विघटनको बचाउमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेपछि गठबन्धन जोगाउने जग तयार भएको थापाको दाबी छ ।

केन्द्रसँगै सातै प्रदेशमा आठ दलीय गठबन्धनको सरकार हुने उनले बताए । सरकारले काम गर्न नसके अरुलाई दोष दिने अवस्था नरहेको थापाले बताए । ‘अब काम गर्न सकेनौं भने कसैलाई दोष दिएर उम्कन पाउँदैनौं । काम, काम, काम र परिणाम दिनुपर्छ,’ थापाले भने ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long