मौसम खराब भएपछि कोही जहाज फर्काइए, कोही आकाशमै होल्डिङमा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । मौसम खराब भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन ।

विमानस्थलमा भिजिविलिटी कम भएपछि भिस्तारा एयर र इण्डिगो एयरको जहाज दिल्ली फर्काइएको छ । कतार एयरवेज, नेपाल एयरवेजसहित अन्य धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षातका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका हुन् । अहिले आन्तरिक उडानका जहाजहरु समेत अवतरण गर्न सकेका छैनन् । आज यस पटकको पहिलो हिउँदे वर्षा भएको छ ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long