क्रिकेटर सन्दिपको विषयमा आज छिनोफानो हुँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नाबालिका बलात्कारको आरोपमा थुनामा रहेर थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने कि फेरी थुनामै राख्ने भन्ने विषयमा आज छिनोफानो हुँदैछ ।

क्रिकेट खेल्नका लागि विदेश जान पाउँ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि शुक्रबार सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो ।

आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने उनलाई साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long