त्रिपालमुनि भविष्य खोज्दै कलिला बालबालिका !

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

दार्चुला । कठ्याङ्ग्रिदो जाडो, अत्याधिक चिसोमा त्रिपालमुनि चटाई विच्छाएर कखरा सिक्दैछन्, महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय पण्डारोमा अध्ययनरत कलिला बालबालिकाहरु ।

गत भदौ २४ गते आएको बाढीका कारण भत्किएका विद्यालय भवनको पुनर्निर्माण हुन नसक्दा ३१ जना विद्यार्थी चिसो भुईमा बसेर आफ्नो भविष्य कोर्दै आएका छन् ।

 

सदरमुकाम खलंगाबाट नजिकै रहेको विद्यालय लास्कु खोलामा आएको बाढीले बगाएपछि  ध्वस्त बनेको छ । तीन ओटा भवनको ६ कोठा रहेको विद्यालय अहिले तीन ओटा त्रिपालमा सञ्चालनमा रहेको छ ।

पुस महिनाको चिसोमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थी यहाँ अध्ययनरत छन् । खार–खलंगा सडकबाट ५० मिटर खोलापारि बाढीले बगाएको प्राङ्गणमा त्रिपाल टागिएको देखिन्छ । झट्ट गाडीमा हिड्डुल गर्ने यात्रुले गाईबाख्रा राखेको सोच्छन् ।

photo20221220darchula (1)

छेउमै खोलाको सिसाहट अनि बगरमा त्रिपालमुनि कलिला बालबालिकाले आफ्नो भविष्य खोज्दै पढ्दै गरेको देखिए पनि अहिलेसम्म उनीहरुलाई सुरक्षित राख्न सकिएको छैन् । सदरमुकाम खलंगाबाट एक घण्टा पैदल दुरीमा पुगिन्छ भुवनेश्वरी आधारभूत विद्यालयम पण्डोरामा ।

विद्यालय भवन बाढीले बगाएपछि कात्तिक १५ गतेबाट त्रिपालमुनि राखेर विद्यार्थीको पढाई सुचारु गरिएको विद्यालयका प्रधानाध्यापक माधवराज भट्टले बताउनु भयो ।

युनिसेफ नेपालले दुई ओटा त्रिपाल सहयोग ग¥यो । एउटा त्रिपाल सामाजिक विकास कार्यालयबाट प्राप्त भयो । केही शैक्षिक सामाग्री गैरसकारी संस्थाबाट प्राप्त भएको छ । भुइमा बिच्छाउन राम्रो फमम्याट पनि छैन् । चिसोमा बालबालिका विद्यालयले खरिद गरेको चटाई त्रिपालमा बस्छन् ।

photo20221220darchula (2)

‘विद्यार्थीको भविष्य विग्रिन नदिन त्रिपालमुनि भए पनि पढाई निरन्तर गर्दैछौँ,’ उहाँले भन्नु भयो, ‘भौतिक संरचना क्षति भए पनि शैक्षिक क्षति हुन दिन्नौँ ।’

भौतिक संरचना नहुँदा विद्यालयमा विद्यार्थी समेत न्यून छ । विद्यालयका प्रधानाध्यापक भट्टका अनुसार शिशु कक्षामा पाँच छात्रा र नौ छात्र गरी १४ जना अध्ययनरत छन् ।

कक्षा १ मा तीन छात्रा र एक छात्र गरी चार जना, कक्षा २ मा तीन जना छात्रा, कक्षा ३ मा तीन जना छात्र, कक्षा ४ मा तीन जना छात्रा र एक जना छात्र तथा कक्षा ५ मा दुई जना छात्रा र एक जना छात्र गरी तीन जना विद्यार्थी छन् ।

photo20221220darchula (5)

यो विद्यालय महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ३ को बीच भागमा पर्छ । अहिले पनि तीन ओटै वडाबाट विद्यार्थी यहाँ अध्ययन गर्छन् । गाउँबाट अन्य विद्यालय पठाउन टाढा छ, अभिभावक रामसिह धामीले भन्नु भयो, ‘यहाँको अवस्था हेर्दा बालबालिका विद्यालय पठाउन दयाँ लाग्छ ।’ विद्यार्थी बस्न मोटो म्याटसमेत नहुँदा बालबालिकाको स्वास्थ्य जोखिममा छ । ‘टाढा पठाउन सकिने अवस्था पनि छैन् । यहाँ विद्यार्थी लगाउनु भनेको मार्न पठाउनु जस्तै छ’ उहाँले गुनासो गर्नु भयो ।

लास्कु खोलामा आएको बाढीका कारण सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत दिनेश कार्कीले ज्यान समेत गुमाउनु परेको थियो ।

विद्यालयमा दुई जना स्थायी, एक जना राहत र एक जना शिशु कक्षा गरी चार जना शिक्षक कार्यरत रहनु भएको छ ।  विद्यार्थीलाई विद्यालय आउन अझै जोखिम छ । पुल छैन् । बाटोघाटो पुनर्निर्माण गरिएको छैन् ।

photo20221220darchula (6)

विद्यालयमा खानेपानीको राम्रो व्यवस्था छैन् । विद्यार्थी र शिक्षक शिक्षिकाको लागि प्लाष्टिक बेरेर अस्थायी शौचालय बनाइएको छ । शौचालय नहुँदा छात्राहरुलाई बढी समस्या हुने गरेको शिक्षिका पार्वती बडुले बताउनु भयो । पारिबाट वारि सहजै देखिन्छ । माथि गाउँ छ । शौचालय जान पनि गाह्रो छ ।

विद्यालय प्रशासन दैनिक झोलामा रजिष्ट बोकेर चलाउनु पर्ने विद्यालयको बाध्यता छ । खोलावारी एउटा घरको कोठा लिएर राति दराजमा थन्क्याउने गरिएको छ । विद्यालय खोल्ने बेला झोलामा बोकेर पारि जान्छौँ, प्रधानध्यापक भट्टले भन्नु भयो, बेलुकी विद्यालय बन्द भएपछि पुनः झोलामा राखेर भित्र राख्ने गरेका छौँ । विद्यालय नाजुक अवस्थाबारे सबैलाई जानकारी गराएका छौँ तर समयमै निर्माण नहुँदा विद्यार्थीको भविष्यमाथि चिन्ता थपिएको उहाँको भनाइ छ ।

photo20221220darchula (7)

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतापसिंह बडालले बाढीपछि विद्यालय भवन निर्माणको लागि पहल भइरहेका बताउनु हुन्छ ।

उहाँले चारकोठे विद्यालय भवन बनाउने स्वीकृत प्राप्त भएकोले छिट्टै नयाँ भवन निर्माण कार्य अघि बढाउने गरी पहल गरिरहेको बताउनु भयो ।

लास्कु खोलामा आएको बाढीका कारण भुवनेश्वर आधारभूत विद्यालय मात्र हैन्, महाकाली नगरपालिका वडा नम्बर २ कै सरस्वती आधारभूत विद्यालय मुल्ला पनि विस्थापित भएको छ ।

photo20221220darchula (9)

महाकाली नगरपालिका वडा नम्बर ४ को दशरथनगर आधारभूत विद्यालय बंगाबगड विस्थापित भएको छ । बंगाबगडका विद्यार्थीलाई अहिले कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा पठाइएको छ । विद्यालयको भवनको लागि जग्गा खोजी भइरहेको विद्यालयका शिक्षक दिवान सुनामले बताउनु भयो ।

बाढीपहिरोका कारण विद्यालयमा क्षति पुगेपछि सरस्वती आधारभूत विद्यालय मुल्लाका ४४ जना, दशरथनगर आधारभूत विद्यालयमा ५७ जना विद्यार्थी पनि समस्यामा छन् ।

photo20221220darchula (8)

तत्काल भवन बनाउन सकिने अवस्था नभएको कारण अस्थायी त्रिपाल राखेर विद्यालयमा पठनपाठन गर्नुपरेको महाकाली नगरपालिका शिक्षा शाखा प्रमुख ईश्वरी ठगुन्नाले बताउनु भयो ।

लास्कु खोला र महाकालीमा आएको बाढीले पाँच जनाको मृत्यु भयो भने १० जना वेपत्ता भए । विद्यालय भवन, डुङुगरी जलविद्युत, दुई ओटा झोलुंगे पुल बगाउनुको साथै महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा गरी ४२ घरमा पूर्ण क्षति भयो भने नौ घर आंशिक र ४० घर जोखिममा परे ।

अहिलेसम्म पनि पीडितहरुको उचिव पुनस्र्थापन तथा व्यवस्थापन हुन सकेको छैन् ।

इन्सेक/ नरेन्द्रसिह कार्की

 

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long