सुदूरपश्चिम प्रदेशमा मध्यावधि चुनाव हुने एमाले नेताको ठोकुवा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी निर्णायक दल भएकाले उसको समर्थनबिना कुनै पनि सरकार नचल्ने स्थिति रहेको बताएका छन् ।
‘सुदूरपश्चिम प्रदेश सभामा कुनै पार्टीको बहुमत छैन । नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा छ । उसको समर्थनबिना कुनै पनि सरकार नचल्ने देखिएको छ । एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि संविधानतः ठूलो दलको हैसियतले कांग्रेसको सरकार गठन भएको छ । तर उसलाई पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि नयाँ सरकार चल्ने स्थिति छैन,’ एक अन्तर्वार्तामा कुरा गर्दै थापाले भने ।
राजेन्द्रसिंह रावल नेतृत्वको सरकारलाई विश्वासको मत नदिनु अस्थिर राजनीतिक मनस्थितिको उपज भएको उनले बताए ।
नागरिक उन्मुक्ति पार्टीले नयाँ सरकारलाई पनि विश्वासको मत नदिए मध्यावधि चुनावमा जानुपर्ने बाध्यता सिर्जना हुने उनले औंल्याए । थापाले भने, ‘नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि विश्वासको मत नदिने भएपछि नेकपा एमाले, माओवादी र कांग्रेस मिलेर सरकार बनाउने विकल्प छ । तर माथि एउटा गठबन्धन छ, तल अर्कै गठबन्धनको कल्पना गर्न सकिँदैन । अबको तीतो यथार्थ भनेको मध्यावधि चुनाव नै हो । त्यसलाई स्वीकार्नुको विकल्प छैन ।’ संघीय सरकारको साझेदारीमा सुदूरपश्चिमले प्रभाव नपार्ने दाबी पनि उनले गरे ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long