बालुवाटारमा एमाले अध्यक्ष र कांग्रेस सचेतक बीच चर्काचर्की , हिड्नु अघि के भने ओलीले ?

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकबीच चर्काचर्की परेको छ ।

एमाले अध्यक्ष ओलीले सर्वदलीय बैठकमा कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्ष दलको हैसियत गुमाएको भन्दै टिप्पणी गरेपछि दुईबीच चर्काचर्की परेको हो ।

अध्यक्ष ओलीले कांग्रेसलाई प्रतिपक्षको भूमिका गुमाएको टिप्पणी गरेपछि कांग्रेस नेता लेखकले त्यसको जवाफ फर्काएका थिए । लेखक जवाफ फर्काएपछि दुईबीच चर्काचर्की भएपछि बैठक नसकिँदै ओली बालुवाटार छाडेर हिँडेका थिए ।

बैठकमा ओलीले के भनेका थिए ?

बैठकमा ओलीले भनेका थिए, ‘सरकार संघदेखि प्रदेशसम्म विश्वासको मत दिनुसक्नुभएको छ । तपाईंहरुले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्नुभयो ।’

त्यसअघि अध्यक्ष ओलीले सत्ता साझेदार दलहरुबीचमा राष्ट्रपति र सभामुखसहित सबै संवैधानिक पदमा सहमति भइसकेकाले आँखा नलगाउन पनि कांग्रेसलाई भने।

‘गठबन्धनमा सबै सहमति भइसकेको छ । तपाईंहरुले अहिले राष्ट्रपतिमा आँखा लगाउँदै हुनुहुन्छ । त्यो प्रयास नगर्दा हुन्छ,’ ओलीले भने ।

अध्यक्ष ओलीले बोलिसकेपछि कांग्रेस नेता रमेश लेखकले कांग्रेस प्रतिपक्ष दल नै रहेको भन्दै संविधान र अहिलेको आवश्यकतालाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताए ।

साथै, उनले राष्ट्रपतिसमक्ष बुझाएको समर्थनमा आफूहरुको हस्ताक्षर नभएको भन्दै कांग्रेस प्रतिपक्ष दल नै रहेको पनि स्पष्ट पारे । साथै, लेखकले कांग्रेसलाई सत्तामा खेल्ने कुनै रहर नभएको भन्दै ओलीलाई जवाफ दिए ।

लेखकले ओलीलाई कडा रुपमा जवाफ फर्काएपछि दुईबीच भनाभन चलेको थियो । भनाभनकै बीचमा ओली बैठक नसकिँदै उठेर हिँडेका थिए ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long