nepal telicom

पल शाहले सफाइ पाएपछि पूजाले भनिन्–‘जहिल्यै तिम्रो साथमा छु ’

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएपछि अभिनेत्री पुजा शर्माले खुसीको सीमै नरहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् जहिले पनि पलकै साथमा रहेको भन्दै सफाइ पाएको समाचारले खुसीको सीमै नरहेको बताएकी हुन् ।

अभिनेत्री पुजाले लेखेकी छन्, ‘जहिल्यै तिम्रो साथमा थिए, अहिले खुसीको सीमा रहेन ।’

मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको छ । अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

adb bank long