मन्त्रिपरिषद्‍को पहिलो बैठकमा प्रधानमन्त्री र उप-प्रधान तथा गृहमन्त्री बीच ठाकठुक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । उप -प्रधानसहित गृहमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा आफूले मन्त्रिपरिषद्‍मा समेत प्रतिपक्षको रुपमा आवाज उठाउने अभिव्यक्ति दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रबि लामिछानेको नयाँ मन्त्रीपरिषदको पहिलो बैठकमै प्रधानमन्त्री प्रचण्डसङ्ग ठाकठुक परेको छ ।

हिजो साझ प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहणपछि मन्त्रीपरिषदको बैठक बसेको थियो । सपथ गरेर पदबाहालीपछि बैठक बस्ने प्रचलन अनुसार प्रधानमन्त्री प्रचण्डले बैठक बोलाए।

बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले संचारमन्त्री नियुक्त नभएकोले सञ्चारकर्मबाट आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न आग्रह गरे। अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकारे। तर गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको बताईन्छ ।

त्यसपछि बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्। ‘प्रधानमन्त्रीज्यूले यो मैले गरेको निर्णय हो, सूचना र सञ्चार प्रविधिमन्त्री नियुक्त नभएसम्म तत्कालका लागि रविजीले सरकारको प्रवक्ता बनिदिनुहोस् भन्नु भएको थियो, तर गृहमन्त्रीज्यूले मान्नु भएन।’,बैठकमा सहभागी एक मन्त्रीले बताए। ‘ पहिलो बैठकमा आफ्नो आग्रह स्वीकार नगरेपछि प्रधानमन्त्रीज्यूले केही असहज मान्नु भयो’, उनले भने। केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका हुन्।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long