भारतले आफू अनुकुल राष्ट्रपति र प्रधानमन्त्री बनाउने षड्यन्त्र गरिरहेको बिजुक्छेकाे आरोप

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाण्डाै । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।उनले नेपालमा प्रधानमन्त्री बनाउने र चुनावमा जिताउने काम समेत भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरे।

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरेका छन् ।

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारतको छायाँमा देशको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए ।

। रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटकपटक दबाब दिए पनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर त्याे कार्यलाई अघि बढाउन नसकेको उहाँको भनाइ थियो ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long