Rastriya Banijya Bank
Suit Mala Ad
Array
(
)

किन रोकियो फागुनसम्म कर्मचारीको सरुवा बढुवा ?

काठमाडौ । लामो समयदेखि सुगम स्थानमा रहेर काम गरिरहेका तर कर्मचारी बढुवा प्रयोजनका लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम बढेपछि फागुन मसान्तसम्म खरिदार कर्मचारीको सरुवा तथा पदस्थापन रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको हो।

हाल लोकसेवा आयोगको वार्षिक कार्यतालिकाबमोजिम रापत्र अनंकित खरिदार वा सोसरहका पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय हो। यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा अगाडि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसेर सेवा गरिआएका कर्मचारी बढुवा प्रयोजनमा नपर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको मन्त्रालयले जनाएको छ।

Rastriya Banijya Bank