इङ्ग्ल्यान्डलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको फ्रान्स मोरक्कोसङ्ग भिड्ने

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । इङ्ग्ल्याण्डलाई २–१ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान कतारको अल बायत रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले इङ्ग्ल्याण्डलाई पराजित गरेको हो ।
फ्रान्सलाई जित दिलाउन औरिलियन र ओलिभर जिरोडले १-१ गोल गरे । यस्तै इङ्ल्याण्डका लागि पेनाल्टीमार्फत ह्यारी केनले गोल गरे भने अर्को पनि पेनाल्टीको अवसर पाउँदा उनले सदुपयोग गर्न सकेनन् ।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे ।

हारसँगै इङ्ग्ल्यान्ड क्वार्डरफाइनलबाटै घर फर्किन बाध्य भएको छ । उता फ्रान्सले अब सेमिफाइनलमा मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long