साइरन बजाउँदै चोलेन्द्र शमशेर फर्कन लाग्दा सर्बोच्चमा न्यायाधीशहरुको आकस्मिक बैठक

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयले महाभयोग प्रस्ताव निष्कृय भएको पत्र दएपछि अहिले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ भने सर्बोच्च बारले जबरालाई सर्बोच्च अदालत छर्न नदिन धर्ना बस्ने जनाएको छ ।

बारको यो निर्णयले सर्बोच्च अदालतमा मुडभेड निम्त्याउने परिस्थिति देखिन्छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश  जबराको निलम्बन फुकुवाको पत्र दिएपछि उन सर्बोच्च अदालत जाने तयारीमा रहेका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश  जबरालाई रोक्न सर्वोच्च अदालतको मुख्य गेटमा अवरोध गर्ने तयारी गरेको छ ।

 

‘हामी प्रदर्शनको तयारीमा छौं, हामी जबरालाई सर्वोच्च प्रवेश गर्न दिँदैनौं,’ सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले भने ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो ।

नेपाल बार एशोसिएसनले संघीय संसदका महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

उता आजै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सर्वोच्च अदालत पुग्न बालुवाटारस्थित निवासमा सेना र प्रहरीको अगुवा पछुवा गाडी मगाइएको छ । महाअभियोग पास नभएको अवस्थामा सँसदले निलम्बन फुकुवाको पत्र दिएसङ्गै नेपाली सेना र नेपाल प्रहरीको एस्कर्टिङ गाडीमा साइरन बजाउँदै उहाँ सर्वोच्च प्रवेश गर्न लागेका हुन् ।

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long