nepal telicom

रिक्त एक सचिब र दुई अतिरिक्त स्वास्थ्य सचिवका लागि को-को भए सिफारिस ?

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेपाल सरकारको प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन जना वरिष्ठ सहसचिवहरुको नाम सिफारिस भएको छ भने दुई रिक्त विशिष्ट श्रेणीको अतिरिक्त स्वास्थ्य सचिबका लागि २१ जनाको निवेदन परेको छ।

लोकसेवा आयोग अध्यक्ष माधव रेग्मी विदेशबाट फर्किएपछि हिजो उनकै अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय रामआधार साह,विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस गरेको हो ।

गत मंसिर पहिलो साता शहरी विकास मन्त्रालयको सचिव रमेश सिंह सेवा हद लागेर घर फर्किएसँगै रिक्त इञ्जिनियरिग सेवाको सचिव पदमा बढुवाका लागि तीन जनाको सिफारिस भएको हो ।

अघिल्लो झैँ यस पटकको सचिव बढुवामा पनि निकै ठुलो घम्साघम्सी हुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) सचिव सागर कुमार राई कार्तिक ९ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सचिव पदमा सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव कुमार शर्माको नाम सिफारिस गरिएकोमा तेस्रो नम्बरमा सिफारिस केशव कुमार शर्मा सचिवमा बढुवा हुन पुगेका थिए ।

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा खाली रहेको बाह्रौँ तहमा (अतिरिक्त सचिव) बढुवाका लागि २१ जनाले आवेदन बुझाएका छन् । मन्त्रालयले गएको कात्तिक ३० गते बाह्रौँ तहमा बढुवाका लागि आवेदन माग गरेअनुसार योग्यता पुगेका २१ जनाले विवरण बुझाएका हुन् ।

मन्त्रालयमा डा. गुणराज लोहनी र डा।श्यामसुन्दर यादवको स्थानमा सो दरबन्दी रिक्त छ । आवेदन दिएकामध्ये दुई जनालाई कम्तीमा ५ वर्षसम्म एघारौँ तहमा सेवा गरेकाको तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा मन्त्रिपरिषद्ले बढुवा गर्ने छ ।

आवेदन दिनेमा मन्त्रालयका डा.कृष्णप्रसाद पौडेल, डा.नारायण ढकाल, डा.सञ्जय ठाकुर, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.सुधा देवकोटा, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला रहेका छन् ।

यस्तै, कान्ति बाल अस्पतालका डा.अजित रायमाझी, परोपकार प्रसूति अस्पतालका डा. अमिरबाबु श्रेष्ठ, वीर अस्पतालका डा। सरोज शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा।मनीषा रावल, राष्ट्रिय ट्रमा सेन्टरका डा.रुद्र मरासिनीले पनि बढुवाका लागि आवेदन दिएका हुन् ।

उता, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटा, प्रदेश अस्पताल भद्रपुरका डा.टङ्क बराकोटी, गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा. विनोदविन्दु शर्मा, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्का, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, भेरी अस्पतालका डा।राजन पाण्डे, प्राध्यापक दुर्गा लक्ष्मी श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका डा। केशरबहादुर ढकालले पनि आवेदन दिएका छन् ।

adb bank long