पोखराका मेयरमाथी भतिज काण्डले निम्त्यायो नयाँ लफडा

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पछिल्लो पटक भतिज काण्डमा मुछिएका छन् । मेयर आचार्यले आफ्ना भतिजलाई नियम बिपरित स्वकीय सचिब नियुक्त गरेको खबर बाहिरिए सङ्गै ऊनी बिवादमा तानिएका हुन् ।

 

श्रोतका अनुसार भतिजा खेमराज आचार्यलाई नियमविपरीत तलब भत्ता प्रदान गरिएको छ । यो बिषयले आचार्यको पार्टी भित्र पनि लफडा निम्त्याएको छ। मेयरका स्वकीय सचिव रहेका खेमराजले द्वितीय श्रेणीको सेवा सुविधा पाउने भए पनि मेयरले विगत चार महिनादेखि छैठौं अर्थात अधिकृतसरहको सेवा सुविधा दिएको पोखरा महानगरपालिकाका एक कर्मचारीले बताए ।

 

पोखरा महानगरपालिकाको मिति २०७९ साउन १९ गते चलानी नं. ५८९ को पत्रअनुसार खेमराज आचार्यलाई छैठौं तह प्रदान गरी सेवा सुविधा प्रदान गरिएको छ । तर, गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश राजपत्रमा उल्लेख भएअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुखले राख्न पाउने स्वकीय सचिव द्वितीय वा सोसरहको हुनेछ भनी उल्लेख छ ।

शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long