एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन् । उनी पोखरामा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यता जान लागेको उनको सचिवालयले जनाएको छ ।

एमाले कास्की जिल्ला निर्वाचन परिचालन कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा जान लागेका हुन् ।

 

अध्यक्ष ओलीसँगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल ( बैरागी) पनि कार्यक्रममा सहभागि हुने निर्वाचन प्रचार प्रमुख दर्शन लामाले जानकारी दिए ।

 

यस्तै, गण्डकी प्रदेशसभा तर्फ १ (१) का खगराज अधिकारी १ )२) का वेदबहादुर गुरुङ, क्षेत्र नम्बर २ (१) का भीम कार्की, २ (२) की मीना गुरुङ, क्षेत्र नम्बर ३ (१) का गणेशमान गुरुङ, ३ (२) का उम्मेदवार राजीव पहारी सभामा सहभागी हुने छन् ।

 

Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड
adb bank long